गैंडा मारेको घटना छानबिन समितिले उठायो निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्ट नजिकै कोर क्षेत्रमा तस्करहरुले दुईवटा गैंडा मारेको घटना छानबिन गर्न गठित समितिले निकुञ्जको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा, सेक्टर कार्यालय सौराहा, रेञ्ज पोष्ट र पोष्टबाट गरिने गस्ती प्रभावकारी नभएको उल्लेख गरिएको प्रतिवेदनमा संयुक्त गस्तीको संख्या नै कम भएको […]

Continue Reading

सर्वाधिक कमाउने नेपाली फिल्म ‘कबड्डी ४’ युट्युबमा रिलिज

काठमाडौं । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ मंगलबार इन्टरनेटमा रिलिज भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलबाट फिल्म सार्वजनिक गरेको हो । २०७९ सालको जेठ १३ गते हलमा रिलिज भएको १७ महिनापछि फिल्म युट्युबमा रिलिज भएको हो । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले घरेलु बक्स […]

Continue Reading

काठमाडौं महानगरले गर्‍यो १ हजार कुकुरको बन्ध्याकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हजार कुकुरको बन्ध्याकरण गरेको छ । महानगरपालिकाले २३ असोजदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो । जसमा आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको हो । कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा […]

Continue Reading

आजदेखि सोह्रश्राद्ध सुरु

१३ असोज, काठमाडौं। आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत […]

Continue Reading

किन अशान्त छन् देशभरिका बाल सुधार गृह ?

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–३, आसमानपुरस्थित जयेन्द्र बाल सुधार गृह बिहीबार राति तनावग्रस्त भयो । सुधार गृहभित्र राखिएका कैदीबन्दीको दुई पक्षबीच झडप हुँदा ११ जना घाइते भए, जसमध्ये रुपन्देहीका २१ वर्षीय सुलभ केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख सन्तोषसिंह राठौरका अनुसार, घाइतेमध्ये ४ जनाको शुक्रबार राति १० […]

Continue Reading

हराउँदै पाल्पाली करुवा

पाल्पा । ‘करुवा’ भन्ने बित्तिकै सम्झिने जिल्लाको नाम हो, पाल्पा । पाल्पाको पहिचान बनेको हातैले बनाएका ‘करुवा’ पछिल्ला दिनमा भने बन्नै छाडेको छ । पाल्पा पुग्ने जो कोही हातले बनाएका पाल्पाली ‘करुवा’ भनेपछि चिनो लैजाने योजना बनाउँथे । तर बजारमा अहिले मेशिनले बनेका बाहिर जिल्लाबाट आयातित ‘करुवा’ मात्र देखिन्छ । कारण हो, नयाँ प्रविधि, नयाँ […]

Continue Reading

विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे

विवाहको दिन बेहुला भाग्दा उनका बुवाले नयाँ बेहुलीको जिम्मेवारी उठाएका छन् । विवाहका लागि बनाएको योजना खेर नजाओस् र खर्चमा घाटा नलागोस् भनेर यस्तो कदम उठाइएको बताइएको छ । एक इन्डोनेसिया ली महिला विवाह बन्धनमा बान्दिँदै थिइन् तर विवाहको दिन बेहुला नै भागिदिए । इन्डोनेसिया ली समाचार माध्यमले ती महिलाको नाम एसए मात्रै लेखेका छन् […]

Continue Reading

अल्छीका लागि गज्जबको प्रतियोगिता : २० दिनसम्म सुतेरै बस्दा डेढ लाख पुरस्कार

यो दुनियाँमा अल्छी मानिसको कुनै कमी छैन जसले आफ्ना दैनिक कामहरु गर्ने मिहिनेत समेत गर्न चाहँदैनन् । तर यदि तपाईं पनि यस्तै महाअल्छी हुनुहुन्छ भने गज्जबको खबर छ । किनकि संसारमा एउटा यस्तो प्रतियोगिता पनि हुन्छ जहाँ एक से एक अल्छीहरुले भाग लिन्छन् र सबैभन्दा अल्छीले डेढ लाख रुपैयाँ पुरस्कार पाउँछ । उत्तरी मोन्टेनेग्रोस्थित रिसोर्टले […]

Continue Reading

बुवालाई के दिने उपहार ? उपयोगी हुनसक्छन् यी ७ पुस्तक

त्यसो त यो डिजिटल युगमा पुस्तक कसरी उपयोगी उपहार हुनसक्छ ? तपाईंलाई यस्तो पनि लाग्नसक्छ । यद्यपि पुस्तकको आफ्नै महिमा र मूल्य छ । पुस्तक पढ्नुको खास आनन्द छ । कति बुवा यस्ता हुन्छन्, जो पढ्नमा हुरुक्कै हुन्छन् । त्यसो भए बुवालाई उपहारमा कस्तो पुस्तक उपयोगी हुन्छ त ? यसको एउटै जवाफ नहुन सक्छ । […]

Continue Reading

एकजना यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण !

कुनै एकजना यात्रुलाई झाडापखाला लाग्न थालेसँगै अमेरिकामा एउटा जहाजलाई आकाशबाटै फर्काएर आकस्मिक अवतरण गरिएको छ ।अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाजलाई युटर्न गराएका थिए । गत शुक्रबार राति अमेरिकाको एटलान्टाबाट स्पेनको बार्सिलोनाका लागि उडान भरेको उक्त जहाज उडेको दुई घण्टापछि एक यात्रुलाई चरम रुपमा पखाला लागेसँगै पाइलटले […]

Continue Reading