पाँच बंगलाको मालिक हुन् अमिताभ, ऐश्वर्या कहाँ बस्छिन्?

समाचार

बलिउड अभिनेता अमिताभ बच्चनले भारतको अयोध्यामा घर किनेका छन्। उनले राम मन्दिर नजिकै नयाँ घर किनेका हुन्।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अमिताभसँग पाँच वटा बंगला छ। अमिताभको धेरै बंगला भएता पनि उनी परिवारको साथमै बस्न चाहन्छन्। अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन, अमिताभ र जया एकैघरमा बस्छन्। उनीहरू जलसा बंगलामा बस्छन्। यो बंगला मुम्बईको जुहु क्षेत्रमा पर्दछ।

उनीहरूसँगै अमिताभकी छोरी श्वेता नन्दा, नातिनीनाती पनि बस्छन्। श्वेताको श्रीमान् भने दिल्लीमा बस्छन्। छोराछोरीको भविष्यको लागि श्वेता आमाबाबुसँगै बस्दै आएकी छन्।

अमिताभ र जयाले प्रतिक्षा बंगला छोरी श्वेताको नाम गरिदिएका छन्। अमिताभ जनक, वत्सलगायतको बंगलाको पनि मालिक हुन्। यी बंगलाबाहेक अभिषेक र ऐश्वर्याले एक नयाँ घर किनेका छन्।

बच्चन परिवारले बलिउडमा थुप्रै हिट फिल्ममा काम गरेका छन्। अमिताभ र ऐश्वर्याले बलिउडमा धेरै योगदान गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *