राष्ट्रिय टिमकी गोलरक्षक अन्जनाले गरिन् बिहे

समाचार

काठमाडौं । राष्ट्रिय टिमकी गोलरक्षक अन्जना राना मगरले प्रेमी अविरल लामासँग विवाह गरेकी छिन् ।

लामो समययता प्रेम सम्बन्धमा रहेको यी जोडीले आज विवाह गरेका हुन् ।

भक्तपुर निवासी अविरल लामासँग उनले धुलिखेलमा विवाह गरेकी हुन् ।

यू–१९ उमेर समूहको कप्तानी गरेकी उनी हाल सिनियर टिमकी वैकल्पिक गोलरक्षकको रुपमा छिन् ।

उनी त्रिभुवन आर्मी क्लबमा आवद्ध छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *