जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौंले किन्यो ३ करोडका गाडी

समाचार

स्रोतका अनुसार त्यतिबेलाजस्तै अहिले पनि कतिपय सवारी जनप्रतिनिधि र कर्मचारीको परिवार तथा आफन्तले प्रयोग गर्ने गरेका छन् । सो प्रतिवेदनले सवारी र इन्धन सुविधा दुरुपयोग रोक्न औंल्याएका सुझावहरु सम्बोधन गर्नुको साटो महानगरपालिका गाडी थप गर्न अग्रसर भएको छ ।

‘महानगरमा गाडीको संख्या कम भएको हैन, सबै विभागीय प्रमुखदेखि अन्य कर्मचारीसम्मले गाडी पाएका छन्, महानगर स्रोतले भन्यो,‘केही कर्मचारी र जनप्रतिनिधिहरुलाई पनि महानगरको गाडी सुविधा लिन मन लागेपछि विषयगत समितिको काममा उपयोग गर्ने भन्दै गाडी किनिएको हो ।’

महानगरका प्रवक्ता मानन्धर भने सवारी किनिएको विषयमा सञ्चारमाध्यमले चासो देखाउनु उचित मान्दैनन् । ‘विभिन्न कामका लागि जाँदा अहिले पनि भाडामा सवारी लिएर जानुपर्ने अवस्था छ,’ प्रवक्ता मानन्धरले भने,‘महानगरको कार्यसम्पादनका सिलसिलामा यी गाडीहरु प्रयोग हन्छन्, नकारात्मक ढंगले हेरिनु हुन्न ।’

उनले बिजुली गाडी किनिएकाले खर्च कम गर्न सहयोग पुग्ने बताए ।

चालक पाउन सकस

महानगरले किनेका बिजुली सवारीहरु चलाउन भने अधिकांश चालकहरु पन्छिएको महानगर स्रोत बताउँछ । सकेसम्म आफूलाई बिजुली गाडी चलाउने जिम्मा नदिने वातावरण बनाइदिन विभिन्न सवारी चालकले आफ्नो चिनजानका कर्मचारीसँग अनुरोध गरेको स्रोतको दाबी छ ।

पेट्रोल गाडीमा इन्धन र मर्मतका बढी खर्च देखाएर अनधिकृत लाभ लिने प्रचलन छ । यस्तो अवस्थामा बिजुली गाडीमा त्यस्तो अतिरिक्त आम्दानी नहुने भएकाले चालहरुले यस्तो गाडी चलाउन रुचाउँदैनन् ।

महानगरको वातावरण विभाग प्रमुख श्रेष्ठले भने २ जना चालकले चबी लगिसकेको बताए । ‘कसैले गाडी चलाउन नमानेको जानकारी मलाई छैन,’ उनले भने,‘सबै गाडी हामीसँग आइसकेका छन्, प्रक्रिया पुरा गरेर सबै सवारी नियमित प्रयोगमा जान्छन् । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *